११ असोज २०८३, आइतबार

महिला जननाङ्ग काट्ने अभ्यासको चिकित्साकरणविरुद्ध एशिया–प्रशान्त क्षेत्रका स्वास्थ्य संस्थाकाे संयुक्त अपिल


अ
अ+
अ-

काठमाडौं, असाेज २३ । महिला जननाङ्ग काट्ने (फिमेल जेनाइटल म्युटिलेशन- एफजिएम) अभ्यासलाई चिकित्सकीय रूपमा वैधता दिन खोज्ने प्रवृत्तिविरुद्ध एशिया–प्रशान्त क्षेत्रका प्रमुख स्वास्थ्य संस्थाहरूले संयुक्त रूपमा कडा आपत्ति जनाएका छन्।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ( युएनएफपिए) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एशिया–प्रशान्त कार्यालय, अन्तर्राष्ट्रिय दाइ संघ ( आईसिएफ), अन्तर्राष्ट्रिय स्त्रीरोग तथा प्रसूति सङ्घ ( एफआइजिओ) र एशिया नेटवर्क टु इन्ड एफजिएम/ सिले “ डु नाे हार्म: ज्वाइन्ट स्टेटमेन्ट अगेन्सट दि मेडिकलाइजेशन अफ फिमेल जेनाइटल म्युटिलेशन इन एशिया – प्यासिफिक” शीर्षकमा संयुक्त वक्तव्य जारी गर्दै महिला जननाङ्ग काट्ने अभ्यासलाई कुनै पनि रूपमा चिकित्सक वा स्वास्थ्यकर्मीले समर्थन गर्न नहुने चेतावनी दिएका छन्।

वक्तव्यका अनुसार सन् २०२४ सम्म विश्वभर करिब २३ करोड ३० लाख महिला तथा बालिकाले यो हानिकारक अभ्यास व्यहोरेका छन्, जसमा ८ करोड एशियामा बस्ने महिला छन्। अझै चिन्ताजनक कुरा के भने, विश्वभर हुने जननाङ्ग काट्ने अभ्यासमध्ये झन्डै २५ प्रतिशत अब स्वास्थ्यकर्मी वा चिकित्सककै हातबाट हुने गरेको तथ्याङ्क वक्तव्यमा उल्लेख छ।

संयुक्त संस्थाहरूले स्पष्ट रूपमा भनेका छन्, “ एफजिएम कुनै पनि अवस्थामा सुरक्षित हुँदैन। यसले महिलाको शारीरिक र मानसिक दुवै पक्षमा गहिरो असर पार्छ र स्वास्थ्य तथा आत्म–निर्णयको अधिकार उल्लङ्घन गर्छ।”

संयुक्त वक्तव्यमा दाइ, नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूलाई तीन प्रमुख प्रतिबद्धता जनाउन आग्रह गरिएको छ ।

‘डु नाे हार्म’ सिद्धान्त पालना गर्न, अर्थात् कुनै पनि अवस्थामा एफजिएम गर्न, सहयोग गर्न वा प्रोत्साहन गर्न अस्वीकार गर्ने; महिला, बालिका र नवजात शिशुको शरीरको स्वतन्त्रता र अखण्डता जोगाउन, सामाजिक वा सांस्कृतिक दबाबका विरुद्ध उभिने र पेशागत आचारसंहिता र नैतिक मान्यताहरूको पालना गर्न, जसले स्पष्ट रूपमा एफजिएमलाई निषेध गर्छ र महिलाको स्वास्थ्यलाई प्राथमिकता दिने कुरामा प्रतिवद्धता जनाउन आग्रह गरिएकाे छ।

त्यस्तै, स्वास्थ्य नियामक निकाय, पेशागत संघ, शैक्षिक संस्था र सम्बन्धित सरकारी निकायहरूलाई पनि तीन बुँदामा कदम चाल्न आग्रह गरिएको छ ।स्पष्ट आचारसंहिता बनाई एफजिएमको कुनै पनि रूपलाई निषेध गर्ने र स्वास्थ्यकर्मीलाई यसबारे जिम्मेवार बनाउने; स्वास्थ्य शिक्षा र तालिममा एफजिएम रोकथामका विषयलाई समावेश गर्ने र कानुनी रूपमा सबै प्रकारका एफजिएम प्रतिबन्धित गर्ने र उल्लङ्घन हुने खण्डमा कडा कारबाही सुनिश्चित गर्न आग्रह गरिएकाे छ ।

संयुक्त राष्ट्रसंघीय निकायहरू र सहकार्यरत संस्थाहरूले एशिया–प्रशान्तका सबै देशमा यस अभ्यासको अन्त्यका लागि नीति निर्माता, स्वास्थ्यकर्मी र समुदायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

वक्तव्यको अन्त्यमा भनिएको छ, “एफजिएमको कुनै स्थान हाम्रो संसारमा छैन। महिला र बालिकाको स्वास्थ्य, स्वतन्त्रता र मर्यादाको रक्षा गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्