१३ असोज २०८३, मंगलबार

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता


अ
अ+
अ-

काठमाडौं, असोज १३ । असोज ८ देखि ११ गतेसम्म भएको भारीदेखि अति भारी वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र वर्षाजन्य विपद्मा २७ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सार्वजनिक गरेको प्रतिकार्य स्थिति प्रतिवेदनअनुसार पहिरोमा २०, बाढीमा ४ र भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ। पहिरोमा ७, बाढीमा ४ र भारी वर्षाका कारण १ जना घाइते भएका छन्।
प्रतिवेदनअनुसार चार दिनको वर्षाका क्रममा देशभरका १८६ वटा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको थियो। सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको थियो।
करिब दुई हजारलाई सुरक्षित स्थानमा सारियो
विपद्का क्रममा सरकारले विभिन्न संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रका करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। जाजरकोट, म्याग्दी, बागलुङलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रतिवेदनमा उल्लेख छ।
खोज, उद्धार र राहतका लागि जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका ४ हजार ३९५ जना र नेपाली सेनाका २६५ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
असोज ११ गते रसुवा, दैलेख, हुम्ला, मुगु, म्याग्दी र जाजरकोटबाट बिरामी, घाइते तथा जोखिममा रहेका व्यक्तिको हवाई उद्धार गरिएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारबाट ७८ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
हिमलुङमा चार शव फेला
मनाङस्थित हिमलुङ हिमालमा क्याम्प स्थापना गर्न गएका २२ नेपाली नागरिकमध्ये केहीको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेको प्रतिवेदनमा उल्लेख छ। प्रभु र कैलाशका हेलिकोप्टर चामेबाट हिमलुङतर्फ खोज तथा उद्धारका लागि उडेका थिए र हवाई खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
९ लाख ८० हजारभन्दा बढीलाई बाढी चेतावनी एसएमएस
विपद् आउनुअघि नै प्राधिकरणको सिचुएसन रुमले असोज ८ गते बिहान ९ बजेदेखि असोज ११ गते दिउँसो १ बजेसम्म लगातार ७६ घण्टा मौसम तथा विपद् जोखिमको निगरानी, सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय गरेको थियो।
जोखिममा रहेका नागरिकलाई दूरसञ्चार सेवा प्रदायकमार्फत करिब ९ लाख ८० हजारभन्दा बढी बाढी चेतावनी एसएमएस पठाइएको थियो। पाँच हजारभन्दा बढी प्रतिकार्यकर्ता (रेस्पोन्डर) लाई पनि सचेतना सन्देश पठाइएको थियो। करिब ९ हजार पदयात्री तथा पर्वतारोहीलाई लक्षित गरी अंग्रेजी भाषामा मौसम तथा विपद् जोखिमसम्बन्धी सूचना जारी गरिएको थियो।
असोज ९ गते सप्तकोशी, म्याग्दी, मादी, त्रिशूली, सुनकोशी, मर्स्याङ्दी, अरुण, कालीगण्डकी र छेपे खोलाको जलसतह खतरनाक तहमा पुगेपछि तटीय क्षेत्रका नागरिकलाई चेतावनी सन्देश पठाइएको थियो। असोज १० गते नारायणी, दरमखोला, तिनाउ, म्याग्दी, कालीगण्डकीलगायत नदीमा पनि जलसतह खतराको तह पार गरेपछि चेतावनी जारी गरिएको थियो।
असोज ११ गते बिहान बाणगंगा, कालीगण्डकी, लालबकैया र नारायणी नदीमा अभूतपूर्व बाढी आएपछि नदी तटीय क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा रहन चेतावनी दिइएको थियो।
प्रतिवेदनअनुसार असोज १२ गते नारायणीसहित देशका प्रमुख नदीको जलसतह क्रमशः घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख भएको थियो।
१ हजारभन्दा बढी परिवार प्रभावित
विपद्का कारण पहिरो, बाढी र भारी वर्षाबाट १ हजार ८२ परिवार प्रभावित भएका छन्। १४२ घरमा आंशिक र २२७ घरमा पूर्ण क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
म्याग्दीमा अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारबाट ४० परिवारलाई उद्धार गरी विद्यालयमा राखिएको छ। मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण र बेनीका गरी १२४ घरपरिवारलाई विद्यालय तथा आमासमूहको घरमा स्थानान्तरण गरिएको छ।
बागलुङमा ४६ जना विद्यालय तथा आफन्तको घरमा बसिरहेका छन्। त्यहाँ हेलिकोप्टरमार्फत खाद्यान्न, त्रिपाल र कम्बल पठाइएको छ। कालीगण्डकीको पुल बगाएपछि इन्धन र पुनर्वासको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ।
नवलपरासी पश्चिम र पूर्वका प्रभावित क्षेत्रमा ठूलो संख्यामा मानिस विद्यालय, होल्डिङ सेन्टर तथा आफन्तको घरमा आश्रय लिएर बसेका छन्। तत्काल खाद्यान्नको आवश्यकता नरहेको भए पनि नवलपरासीका ७० घर पुनर्वास गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
प्राधिकरणले प्रभावित तथा उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, क्षतिको विवरण संकलन गर्ने तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्जीवनका काम अघि बढाउने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्